धरान : अवैध रुपमा खोला उत्खनन गरिरहेको अवस्थामा धरानको सर्दु खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
धरान १७ स्थित धरान–चतरा सडक मार्गको सर्दु खोला पुलमुनि पिलर नजिकबाट अवैध रुपमा नदिजन्य पदार्थ रोडा, ढुंगा, गिटी, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी, इलाका प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नगर प्रहरीका अनुसार स १ त ५२९४ र को २ त ६५१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि धरान उपमहानगरपालिकामा बुझाइएको छ । ट्याक्टर कसको भन्ने खुल्न सकेको छैन ।
सशस्त्र प्रहरी, इलाका प्रहरी र नगर प्रहरीको संयुक्त टोलीलाई देखेपछि ट्याक्टरको चालक, सहचालक भने फरार भएको जनाएको छ ।
अवैध रुपमा खोला उत्खनन गर्ने जुनसुकै सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइने सुरक्षा निकायले जनाएको छ । यसरी प्राकृतिक स्रोतको संरक्षणका लागि साधा पोशाकमा समेत सुरक्षाकर्मी खटिएको हुँदा सरोकारवाला सबैमा समेत जानकारी गराएको छ ।














Discussion about this post