झापा : झापाको विभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधि सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका गौरीगंज गाऊपालिका ६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट गएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० वर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधि ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरेको हो ।
त्यसैगरी झापा मेचीनगर नगरपालिका २ भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट गएको सयुक्त प्रहरीको टोलीले दक्षिणबाट आउदै गरेको WB74R 6504 नम्बरको भारतिय मोटरसाईकल लाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकलको भाईजरमा लुकाएर ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका १ का २१ वर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० वर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका तिनै जना विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post