Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राहतमा हुने भीड हटाउँन मुख्यमन्त्रीको निर्देशन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २९, २०७६
in समाचार
0
प्रदेश १ को हिउँदे अधिबेशन : नामाकरणको बिषय प्राथमिकतामा
110
SHARES
Share on FacebookShare on Twitter

 विराटनगर : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखलाई स्थानीय तहसँग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिएका छन्।

आज बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखलाई यस्तो निर्देशन दिएका हुन्। अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइँचो बढ्दा कोरोना भाइरसको सङ्क्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहले ‘डेलिभरी भ्यान’को व्यवस्था गरेर घरघरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिए। उनले विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्न आग्रह गरे। मुख्यमन्त्री राईले मानिसलाई आवतजावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन दिए।

सङ्क्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमानाकामा कडाइ गरिने र यसका लागि तयारी गर्नसमेत सबै सुरक्षा निकायलाई निर्देशन दिए। उनले प्रदेश- १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताउँदै आजदेखि प्रदेशले र्‍यापिड टेस्ट सुरु गरेकाले क्वारेन्टाइनमा बसेका सबैको र स्वाब परीक्षण कोशी अस्पतालबाटै दैनिक १०० वटा परीक्षण गरिने भएकाले अब क्वारेन्टाइनमा रहनेको व्यवस्थापन सहज हुने बताए।

प्रदेशका २० देखि ३० हजारको र्‍यापिड टेष्ट र एक हजार बढीको स्वाबको चाँडै परीक्षण गर्ने बताउँदै मुख्यमन्त्री राईले सम्भावित चुनौती र समस्याको समाधानका लागि योजना बन्दै गरेको बताए। बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सुरक्षा, आपूर्ति व्यवस्था, राहत वितरणबारेमा जानकारी गराएका थिए। (रासस)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
0

उदयपुर : उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित गेरुवाई खोला नजिकै गुडिरहेको...

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण
खेलकुद

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
0

इटहरी : सीमित स्रोत र सुविधाबीच पनि नेपाली विद्यालय तहका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गर्विलो सफलता हासिल गरेका छन्। बंगलादेशमा सम्पन्न...

मोरङमा एक पुरुष मृत भेटिए

धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

कार्तिक २३, २०८२
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

झुम्का कारागारमा कैदीको मृत्यु

कार्तिक २३, २०८२
कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

कार्तिक २३, २०८२
मोरङमा हाइना देखिएको दाबी, पुष्टि भएको छैन

मोरङमा हाइना देखिएको दाबी, पुष्टि भएको छैन

कार्तिक २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

कार्तिक २३, २०८२
विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

कार्तिक २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

कार्तिक २३, २०८२
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

झुम्का कारागारमा कैदीको मृत्यु

कार्तिक २३, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1330 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    765 shares
    Share 306 Tweet 191
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.