इटहरी : इटहरीमा पिकअपको ठक्करबाट मृत्यु भएको ४३ दिनपछि चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत असार ११ गते इटहरी १२ स्थित कोशी राजमार्गमा पिकअपको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । तत्काल चालक फरार रहेका थिए ।
प्रहरीका अनुसार बा १० च ५५७३ नम्बरको पिकअप गाडीले पैदलयात्री इटहरी ११ वस्ने ६३ वर्षीया गंगादेवी ढकाललाई ठक्कर दिदाँ उनको मृत्यु भएको थियो ।
सवारी ज्यान मुद्दामा तत्काल फरार रही सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिइएको थियो । पक्राउ पर्नेमा गाडी चालक मोरङ विराटनगर महानगरपालिका वडा नं. १० मधुमारा टोल बस्ने सरोज कुमार साह रहेका छन् ।
उनलाई आज (शनिबार) १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post