धरान : कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका एक व्यक्ति धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका छन् ।
झापाको एक अस्पतालबाट आएका ती बिरामीलाई शनिवारदेखि प्रतिष्ठानको आइसोलेसनमा राखिएको प्रतिष्ठानका सह–प्रबक्ता डा. अशोक ऐरले जानकारी दिए । उनमा हालसम्म कोरोना संक्रमणको लक्षण भने देखिएको छैन, उनले भने, तर आशंका भएकाले आइसोलेसनमा राखिएको हो । उनको स्वाब आइतवार (आज) लिएर टेष्ट गरिने उनले बताए ।
प्रतिष्ठानमा अहिलेसम्म १५ जनालाई आइसोलेसनमा भर्ना गरिएको थियो भने १४ जना डिस्चार्ज भइसकेका छन् । हाल सम्म २ सय ४५ जनामा कोभिड हेल्पडेस्कबाट चेकजाँच गरि २ सय ११ जनालाई सेल्फ आइसोलेसनमा पठाइएको छ भने १९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।
खोटाङ : जलविद्युत् आयोजनाले पानी नछाड्दा किसानलाई समस्या
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवर्द्धक कम्पनी थ्री–स्टार...
Discussion about this post