धरान : कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका एक व्यक्ति धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका छन् ।
झापाको एक अस्पतालबाट आएका ती बिरामीलाई शनिवारदेखि प्रतिष्ठानको आइसोलेसनमा राखिएको प्रतिष्ठानका सह–प्रबक्ता डा. अशोक ऐरले जानकारी दिए । उनमा हालसम्म कोरोना संक्रमणको लक्षण भने देखिएको छैन, उनले भने, तर आशंका भएकाले आइसोलेसनमा राखिएको हो । उनको स्वाब आइतवार (आज) लिएर टेष्ट गरिने उनले बताए ।
प्रतिष्ठानमा अहिलेसम्म १५ जनालाई आइसोलेसनमा भर्ना गरिएको थियो भने १४ जना डिस्चार्ज भइसकेका छन् । हाल सम्म २ सय ४५ जनामा कोभिड हेल्पडेस्कबाट चेकजाँच गरि २ सय ११ जनालाई सेल्फ आइसोलेसनमा पठाइएको छ भने १९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।
अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब
विराटनगर : मानिस अस्पताल जीवन बचाउन पुग्छन् । तर विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा भने एक महिलाको मृत्यु भएपछि सुन गायब भएको घटनाले...














Discussion about this post