Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दीपछि कांग्रेसले भन्यो – ‘मेयरले अब कानूनी सजाय भोग्नुपर्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २७, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दीपछि कांग्रेसले भन्यो – ‘मेयरले अब कानूनी सजाय भोग्नुपर्छ’
3.5k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले सेवाग्राहीमाथि अमानवीय र अलोकतान्त्रिक काम गरेको भन्दै कांग्रेसले आपत्ती जनाएको छ ।

इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले मेयर चौधरीले अब सजाय भोग्न तयार रहनुपर्ने बताएका छन् ।

‘निर्वाचित नगरप्रमुखबाट कानूनलाई हातमा लिएर जून अश्लिलता प्रकट भएको छ, यो खेदजनक छ,’ पौडेलले भने, ‘मेयरले अब कानूनी सजाय भोग्न तयार रहनुपर्छ ।’

कार्यालयमै बोलाएर सेवाग्राहीलाई अश्लील रुपमा थुनिनुले कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । मेयर चौधरीको कार्यकक्षमा बुधबार साँझ तालाबन्दी गर्दै कांग्रेस सभापति पौडेलले भने, ‘मानिसलाई कार्यालयमै बोलाएर थुन्नु भनेको अत्यन्तै अनैतिक, अमर्यादित, अमानवीयताको पराकाष्टा हो, हामी बिहीबार मेयरलाई उपमहानगर प्रवेश गर्न नदिनका लागि आन्दोलन गर्छौँ ।’

मेयर चौधरीले केहीदिनयता विभिन्न ठाउँमा बनाएका संरचना ऐलानी जग्गामा बनाएको भन्दै डोजर आतंक गर्नु अत्यन्त खेदजनक रहेको पौडेलले बताए । आफूसँग फरक विचार राख्ने मानिसहरुले बनाएको संरचना मेयरले जथाभावी रुपमा भत्काउनु अस्वभाविक रहेको उनको तर्क छ ।

मेयरको कक्षमा तालाबन्दी ।

बुधबार इटहरी ४ का यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका थिए ।

‘सातदिनभित्र घर भत्काउने कि थुनिदिउँ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई प्रश्न गरेको हुँ,’ पीडित ढकालले भने, ‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्धारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ ।’

मेयर चौधरीले तत्काल थुन्न भन्दै नगर प्रहरीलाई निर्देशन दिएका थिए । दिउँसो ३ बजेदेखि उनलाई दुई घण्टासम्म नगरको एक कक्षमा थुनिएको थियो ।

साँझ ५ बजे नेपाली कांग्रेस इटहरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय इटहरीले उद्धार गरी उनलाई परिवारको जिम्मा लगाएको छ ।

यो पनि – इटहरीका मेयरले कार्यकक्षमै सेवाग्राही थुने

यो पनि – इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी

यो पनि – इटहरीका मेयरको डोजर आतङ्क फेरि सुरु, भन्छन्, ‘कहाँ–कहाँ हान्ने भनेर अहिले भन्ने होइन’

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#कांग्रेस#नेपाली कांग्रेसटाकुरा विशेषहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    942 shares
    Share 377 Tweet 236
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    755 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.