इटहरी : नेपाल युवा परिषदले आजबाट ‘राष्ट्रिय युवा सम्मेलन २०२१’ भर्चुअल माध्यमबाट सुरु गरेको छ ।
७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा सुरु गरेको हो ।
संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालीमा रुपान्तरण मानव र भूमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवर्द्धन गर्ने, सिभिक स्पेस, युवा र सूचना प्रविधिलाई मुख्य बिषय बनाई आयोजना गरिएको हो ।
सम्मेलन साउन २८ र २९ गते दुईदिन हुनेछ ।
दुईदिनसम्म सञ्चालन हुने सम्मेलनमा २२० जना युवायुवतीको सहभागिता रहने छ । जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुने छन् भने अन्य ६६ जनामा विभिन्न समूदायका युवाहरुलाई प्रतिनिधित्व गराइने छ ।














Discussion about this post