झापा : बिर्तामोडको छुट्टा छुट्टै दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका बिर्तामोड ५ जात्रुबारीबाट इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय रतन राजबंशी र २४ वर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
त्यसैगरि हिजो नै बिर्तामोड १ चारपानेबाट बिर्तामोड १ कि देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको छ । पक्राउ परेका चारै जना उपर इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post