इलाम : इलाममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।
इलामको रोङ गाउँपालिका ६ की ५० वर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाँस काट्ने मेशिनमा लाइन जोड्ने क्रममा मेशिनमाथि राखेको सुइटर बेरिएर करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि लैजाने क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post