प्रदेश २ स्थित धनुषाको ढल्केवरमा १६ करोडको लगानीमा कोमल होटेल सञ्चालनमा आएको छ।
स्थानीय युवा व्यवसायी अनिल साहले १६ करोड लगानी गरेर कोमल होटेल सञ्चालनमा ल्याएका हुन्। १६ करोड खर्च गरेर २६ वटा एयरकण्डिसन सहितका कोठा भएको आधुनिक होटल संचालनमा ल्याइएको साहले बताए ।
खासगरि व्यापार, जागिर, धार्मीक पर्यटकलाई लक्ष्य गरेर उनले होटलमा लगानी गरेका हुन ।
धनुषाको जनकपुर, संघीय राजधानी जानेबाटो र पूर्वबाट पनि जोडिने स्थान ढल्केबर पछिल्लो समय सुविधा सम्पन्न बजारका रुपमा विकसित हुदै गएको छ ।
सात तलाको कोमल होटलमा १२ वटा डिलक्स रुम, ८ वटा स्वीट रुम र ६ वटा स्टैण्र्ड लेवलका कोठाहरु छन् । रुमको ४ हजार, तीन हजार र २५ सय गरि तिन श्रेणीमा विभाजन गरेपनि पाइने सुविधामा कुनैमा कमी नरहेको उनले बताए ।
होटलमा ग्राउण्ड र रुफटफमा समेत रेष्टुरेन्ट र बार छ । २०० जनाको ग्राउण्ड फ्लोर व्याङकेट छ भने रुफटपमा समेत ७० जना अट्ने व्याङकेट छ ।



















Discussion about this post