भोजपुर : जिल्लाको षडानन्द नगरपालिका ९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफूले झुन्डिएर आत्महत्या गरेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आज (शनिबार) बिहानको राति साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका हुन् ।
हत्यापश्चात उनी भने घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दूधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।
घटनाको बारेमा जानकारी पाउँनासाथ स्थानीयबासी गएर हेर्दा ईन्द्रकला राईको मृत्यु भएको र उनलाई खोजतालस गर्दा झुन्डिएको अवस्थामा फेला परेपश्चात प्रहरीलाई जानकारी
गराइएको थियो । घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारी भज्याङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post