इटहरी : नेपाली कांग्रेसका प्रभावशाली नेता मीन विश्वकर्माले नेपाल दलित संघ अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।
बुधबार (आज) पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । एक पत्र लेख्दै नेता विश्वकर्माले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।
कांग्रेसको १३ औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको भएपनि विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको पत्रमा उल्लेख छ ।















Discussion about this post