इटहरी : नेपाली कांग्रेसको १४ औ महाधिवेशन भदौ १८ गते गर्ने भनिएपनि सुनसरी कांग्रेसले भने भदौ २१ मा वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।
आफ्नो जिल्ला भरका वडा अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरिएको कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले जानकारी दिए ।
सुनसरीको क्रियाशील सदस्यहरुको नाम सार्वजनिक भइसकेकोले अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरिएको उनले बताए ।
नेपाली कांग्रेस सुनसरीले जिल्लाको १२४ वडाको अधिवेशन भदौ २१ गते नै सम्पन्न गर्ने गरी तयारी थालिएको कांग्रेस सुनसरी सचिव केदार भण्डारीले जानकारी दिए ।














Discussion about this post