उदयपुर : उदयपुर कटारी नगरपालिका ८ बर्मीस्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौँ रुपैँया लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुङ्गा चिसंम्खु गाउँपालिका ३ का ५४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । मङ्गलबार बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका ४ का २५ वर्षीय प्रकाश श्रेष्ठले चलाई ल्याएको प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुङ्गा खाद्यान पुराई काटारीतर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनि उक्त गाडीमा लिफ्ट मागेको खुलेको छ ।
बर्मी जंङगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुङ्गाले हानेर बेहोस बनाई प्रकाशको साथमा रहेको १३ लाख ७७ हजार ८ सय ९५ रुपैँया र मोबाइल समेत लुटपाट गरी फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट बेलुका ७ बजे लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाइलसहित पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post