Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा विकास केसी, भन्छन्, ‘राजनीतिलाई समाजसेवा बुझेको छु, व्यवसाय होइन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०७८
in टाकुरा विशेष, समाचार
0
कोभिड अनुगमन समिति सुनसरीले भोलि इटहरीमा बृहत कार्यक्रम गर्ने, प्लाज्मा दान गर्न अपिल
713
SHARES
Share on FacebookShare on Twitter

इटहरी :  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अहिले नेताहरु दौडधुपमा व्यस्त छन् ।

कोही कार्यकर्ता फकाउँन व्यस्त छन् भने कोही कार्यकर्ताको मन जितेर आँफू चुनावी प्रतिष्पर्धामा विजयी हुने निश्चित भएर बसेका छन् ।

सुनसरीको इटहरीमा यही भदौ २७ गते निर्वाचन हुने निश्चित भएसँगै नगरसभापतिका लागि तीनजना प्रत्याशी छन् । नगरसभापतिका लागि विकास केसी, हेमकर्ण पौडेल र प्रकाश बस्नेतले उमेद्दारी दिएका छन् । केसी नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय उपसभापति हुन् । पौडेल वर्तमान नगरसभापति हुन् भने बस्नेत वर्तमान नगर सचिव हुन् ।

यसैबीच नेपाली कांग्रेस इटहरीका प्रभावशाली नेता समेत रहेका विकास केसीले आफू नगरसभापति हुने दाबी गर्छन् ।

२०३६ चैत्र ३० गते तेह्रथुमको पिप्लेमा जन्मिएका केसीले २०५२ सालदेखि इटहरीबाट राजनीतिक यात्रा सुरु गरे ।

‘२०४७ सालमा इटहरी बसाईँसराईँको क्रममा आएपछि र समयक्रम बुझ्दै गएपछि नै मलाई राजनीति गर्ने इच्छा जागेको हो,’ उनले भने, ‘अहिलेसम्मको राजनीति यात्रामा विद्यार्थीको मात्रै नभई आम सर्वसाधारणको मन जितेको छु भन्ने लाग्छ ।’

२०५२ सालमा नेविसंघको सदस्यता लिएपछि उनी २०५७ सालमा जनता बहुमुखी क्याम्पसमा स्ववियू सदस्य भए । ०५९ मा स्ववियू सह–सचिव, ०६१ मा स्ववियू उप–सभापति, ०६२ मा नेविसंघ जिल्ला सभापति हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय उप–सभापति बनेका उनको विद्यार्थी राजनीतिक पृष्ठभूमी हो । केसीले विद्यार्थी राजनीति सँगै आफ्नो पार्टीको राजनीतिलाई पनि अगाडि बढाए ।

इटहरीका थुप्रै सामाजिक संघ संस्थामा पनि अब्बल रुपमा नेतृत्वको भूमिका सम्हालिसकेका केसी आगामी नगर अधिवेशनबाट इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा छन् ।

केसी भन्छन्, ‘राजनीतिक हिसाबमा विभिन्न ठाउँमा कांग्रेस कार्यकर्ता र आम मानिसको मन जित्दै आएको छु, मत भन्दा पनि ठूलो कुरा त मन जित्नु नै हो रहेछ ।’ उनले यसअघि पनि नगरमा युवाले नेतृत्व गरेका कारण आगामी निर्वाचनबाट पनि युवाहरुले नै नेतृत्व लिनुपर्ने तर्क गरे ।

‘नगर समितिमा युवाहरुको खाँचो छ, मैले पनि अनुभव बटुलेकाले पनि चुनावी मैदानमा होमिएको छु,’ उनले टाकुरान्यूजसँग भने, ‘नेतृत्व परिवर्तन सँगै समाज रुपान्तरणका लागि पनि मेरो उमेद्दारी हो, मेरो नेतृत्वले पार्टीलाई गुट भन्दा माथि गएर सबैलाई समेट्ने अभ्यास गर्नेछु ।’

पार्टीका लागि हरेक समयमा आफूले साथ दिएको र सेवाको भावले राजनीति गरेको केसीले सुनाए ।
‘मैले नेतृत्व गरेँ भने इटहरीमा हाम्रो संगठन एकढिक्का हुने काम गर्छु,’ उनले भने, ‘हामीजस्ता जुझारु युवाहरु मिल्यौँ भनेमात्र देश समृद्धिको बाटोमा अगाडि बढ्छ ।’ उनले आफ्नो नेतृत्वमा आगामी स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा विजयी गराउने मात्र नभई युवाहरुलाई संगठित गर्दै लैजाने बताए ।

पार्टीमा आफूले बीस वर्षभन्दा लामो राजनीति गरेर अग्रणी भूमिका निर्वाह गर्दै आएकाले पनि आगामी समयबाट नेतृत्व लिने पक्का रहेको दाबी गरे । ‘आदीबासी, गरिब र युवा विद्यार्थीसँग हातेमालो गर्दै आजको राजनीति तय गरेको हुँ,’ केसी सुनाउँछन्, ‘इटहरीबासीलाई सहि, असल नेतृत्व हुने आवास दिलाउँनेछु ।’

पार्टीको केन्द्रबिन्दुमा मात्रै नभई सबैका लागि आँफू आशाको केन्द्रबिन्दु बन्नका लागि पनि नेतृत्वको आकांक्षी रहेको सुनाए । ‘अहिलेसम्म मेरो राजनीति यात्रा समग्र इटहरीको विकासका लागि नै थियो,’ उनले भने, ‘आगामी दिनमा पनि म यहाँको विकासका लागि अग्रणी रुपमा भूमिका निर्वाह गर्नेछु ।’

विद्यार्थी र कार्यकर्तामाझ मात्र नभई सिंगो इटहरीका लागि लोकप्रिय नेताका रुपमा परिचित बन्नका लागि पनि आफ्नो नेतृत्व आवश्यक रहेको उनी बताउँछन् ।

उनले आँफूले अहिलेसम्म राजनीतिलाई व्यवसायको रुपमा भन्दा पनि सेवाको रुपमा लिएको बताए । भने, ‘मैले राजनीतिलाई व्यवसाय भन्दा पनि समाजसेवाको रुपमा हेरेको छु, देश निर्माणका लागि युवाहरुको भूमिका भएकाले हामी सचेत छौँ ।’
नेतृत्व लिन्छु भन्नेले जागीर खाएर नभई समाजसेवाको भावमा नेतृत्व लिनुपर्ने उनको बुझाई छ । उनले आँफूले पार्टीलाई र जनतालाई दिने समय प्रयाप्त रहेकाले पनि आँफू राजनीतिमा सक्रिय रहेको तर्क गरे ।

पछिल्लो केही वर्षयता इटहरी क्षेत्रका युवाहरुले कुनै अफ्ट्यारो, असजिलो र असहज परिस्थिति हुँदा होस् वा अन्य कुनै काम गर्नुपर्दा नै, झट्ट सम्झिने नाम हो – विकास केसी ।

इटहरीमा रहेर राजनीतिसँगै सामाजिक काममा पनि सक्रिय रहेका केसी पछिल्लो समय युवाहरुका मात्र नभई वृद्व–वृद्वा, रोगी तथा अन्य पीडितको सहारा बन्दै आएका छन् । उपचार नपाएर हस्पिटलमा भौतारिरहेका हुन् वा अन्य सामाजिक काम गर्नका लागि नै, उनी पुगेर भाइचारा अभिवृद्वि हुने काम गर्छन् ।

‘युवाहरूलाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले उर्जा प्रदान गरिरहेको छु,’ केसी भन्छन्, ‘समाजको मुहार परिवर्तन गर्नका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले युवाहरुलाई सकारात्मक बाटोमा हिड्नका लागि प्रेरित समेत गर्दै आएको छु ।’

Tags: #इटहरी#कांग्रेस#नेपाली कांग्रेस#विकास केसीकांग्रेस १४ औं महाधिवेशन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
समाचार

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.