इटहरी : इटहरीका दुईजना महिलालाई चोरी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
झोला चोरी गरेर भागेका उनीहरलाई धरान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा इटहरी १७ बस्ने ३६ वर्षीया नाजुमा खातुन र ३२ वर्षीया गीता खातुन रहेका छन् ।
प्रहरीका अनुसार धरान ३ माछाभौडीबाट वृद्ध इन्द्रमाया थापाको झोला चोरी गरेर भागेका दुई महिलाहरु शान्तिपथबाट पक्राउ गरिएको हो । इन्द्रमायाका छोरा रबीन्द्रले दिएको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि चोरी मुद्यामा म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post