सङ्खुवासभा : सङ्खुवासभामा जेसिबी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडक खण्डअन्तर्गत मकालु गाउँपालिका ३ समटारमा रौता कन्स्ट्रक्सनको ज १ ख ४१२ नम्बरको जेसिबी दुर्घटनामा परेको हो ।
दुर्घटनामा जेसिबीका सहचालक खाँदबारी नगरपालिका ६ का अन्दाजी २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकबाट अन्दाजी सय मिटर तल खसेको जेसिबी विक आँफैले चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post