Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

एक सातामा ४२ अर्बको शेयर कारोबार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०७८
in विविध, समाचार
0
एक सातामा ४२ अर्बको शेयर कारोबार
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।

नेपाल राष्ट्र बैङ्कले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरू पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो । नेप्सेमा उतारचढाव देखिँदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । कुल दुई सय ३० कम्पनीको आठ करोड ६७ लाख आठ हजार  आठ कित्ता शेयर ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार पाँच सय १० मूल्यमा खरिदबिक्री भयो ।

झन्डै २२ अर्ब बराबरको कारोबार हुने बजार छ अर्ब ६४ करोडको हाराहारीमा सीमित भएको छ । साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । साताको पहिलो दिन नै कारोबार सुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुने क्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो ।

त्यस दिन कारोबार सुरु भएको एक घण्टामा नै झन्डै सय अङ्कले ओरालो लागेको नेप्से पाँच प्रतिशतभन्दा बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से १०८।२६ ओरालो लागेर दुई हजार ८१८।७२ विन्दुमा ओर्लिएको थियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९।७६ विन्दुले घटेर ५२२।०१ मा ओर्लियो । कुल दुई सय २३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता शेयर ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुग्यो ।

कारोबार भएका कुल १३ उपसमूहको शेयर नै ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रही ७० करोड ३३ लाख ३० हजार दुई सय आठ बराबरको हिसाब देखियो । त्यस दिन झन्डै डेढ दर्जन कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । साताको दोस्रो दिन सोमबार आइतबारको ठीक विपरीत नेप्सेमा उछाल देखियो । कुल ४५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भयो ।

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतामा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको थियो ।

त्यस दिन नेप्से १६१।९४ विन्दुले उकालो लागेर दुई हजार ९८०।७८ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३१।४१ विन्दुले उकालो लागेर ५५३।४० मा पुग्यो । कुल दुई सय २४ कम्पनीको एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता शेयर एक लाख नौ हजार एक सय ८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कुल नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कुल १३ उपसमूहको शेयर उकालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार एक सय एक मूल्यमा खरिद–बिक्री भए ।

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक पनि उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्सेमा ४४।१८ विन्दुले ओरालो लागेर दुई हजार ९३६।६० मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।०५ विन्दुले घटेर ५४८।३५ मा ओर्लियो । कुल दुई सय २२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार पाँच सय आठ पटक शेयर कारोबार भए । नेप्सेका अनुसार कुल सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो । नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार सानिमा लाइफ इन्सुरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको चौथो दिन बुधबार नेप्से परिसूचक पनि उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ६०।०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६।५९ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।९१ विन्दुले ओरालो लागेर ५३६।५१ मा पुग्यो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घट्यो । कुल दुई सय २५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार छ सय ५२ कित्ता शेयर छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ मूल्यमा खरिद–बिक्री भए । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो । नेप्से ०।६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५।९७ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १।५३ अङ्कले ओरालो लागेर ५३५।२९ मा ओर्लियो । कुल दुई सय ३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार आठ सय ५५ कित्ता शेयर सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार एक सय ७३ बराबर पुगेको छ ।

रासस

Tags: #अर्थ#राससनेप्सेशेयर कारोबार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    242 shares
    Share 97 Tweet 61

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.