इटहरी (डेस्क) : भारतबाट आएर उदयपुरको एक मस्जिदमा बसिरहेका आठजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। उदयपुरको भुल्केस्थित एक मस्जिदमा बसिरहेका उनीहरूमा कोरोना संक्रमण देखिएको हो।
प्रदेश- १ समाजिक विकास मन्त्रालय प्रवक्ता दिव्यराज कट्टेलका अनुसार आज गरिएको परीक्षणको क्रममा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएको हो। विराटनगरको कोशी अन्चल अस्पतालमा पिसिआर विधिबाट गरिएको परीक्षणका पोजेटिभ रिपोर्ट देखिएको उनले बताए। उनीहरूको नमुना थप परीक्षणको लागि टेकूस्थित रास्ट्रिय प्रयोगशाला पठाइएको प्रवक्ता कट्टेलले बताए।












Discussion about this post