Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

पार्टीमा झन्डा मात्रै बोकेर नेता बनाउने होइन, संगठित हुनुप¥यो : प्रकाश बस्नेत – अन्तर्वार्ता

इटहरी कांग्रेसको सभापतिका आकांक्षी प्रकाश बस्नेतलाई पाँच प्रश्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०७८
in अन्तर्वार्ता, टाकुरा विशेष, समाचार
0
पार्टीमा झन्डा मात्रै बोकेर नेता बनाउने होइन, संगठित हुनुप¥यो : प्रकाश बस्नेत – अन्तर्वार्ता
204
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस सुनसरीले यही असोज ९ गते पालिकाका निर्वाचनको मिति तोकिएसँगै नेता–कार्यकर्ताहरु आ–आफ्नो दौडमा छन् । यसैबीच कांग्रेस इटहरीको नेतृत्व गर्नका लागि चुनावी मैदानमा होमिएका प्रकाश बस्नेत पनि आफूले सभापति पद जिते कांग्रेसलाई एकढिक्का बनाएर जाने दाबी गर्दै आएका छन् ।

२०३३ फागुन १० सोलुखुम्बुको साबिक तिङ्लआ जन्मिएका बस्नेतले ०४९ सालदेखि राजनीतिक यात्रा सुरु गरे । ०६७ सालमा साबिक पकली गाविसको तरुण दल सभापति, कांग्रेसको पकली गाविस सचिव हुँदै हाल इटहरी उपमहानगरपालिकाको कांग्रेसका वर्तमान सचिव समेत छन् ।

अघिल्लो पटक १३ औँ महाधिवेशनमा आफू चुनावी मैदानमा होमिएर विजय प्राप्त गरेकाले पनि यसपटक सभापतिमा उमेद्वारी दिएको उनको भनाई छ । चुनावी मैदानमा होमिएका उनलाई टाकुरा न्यूजले गरेको कुराकानीको सारांश –

चुनावको मिति नजिकिदैँ छ, कसरी तयारी गर्दैहुनुहुन्छ ?

चुनावको मिति नजिकिदैँ जाँदा आफ्नो तयारीमा छु । पार्टी भित्रको विसङ्गति गुट, उपगुटु, गिरोह, व्यक्तिगत चरीत्रका आधारमा सम्भावना बोकेका ब्यक्तिले माथिल्लो ठाउँमा पुग्न नदिने प्रथा अन्त्य गर्नका लागि नेतृत्वको तयारी गरिरहेको छु ।

सम्भावना बोकेका व्यक्तिहरु नेतृत्वमा आउनुपर्छ, पार्टीभित्र मौलाएका ठेकेदारको अन्त्य हुनुपर्छ । अग्रजहरु कहाँ हुनुहुन्छ अहिले ? पाखा लगाउने काम भएको छ, युवालाई अवसर र अग्रजलाई सम्मान भन्ने सन्देश दिनका लागि पनि मैले नेतृत्व पदका लागि तयारी गरिरहेको छु ।

अन्य दुईजना पनि चुनावी मैदानमा होमिइरहेको बेला तपाईँलाई नै किन मत हाल्ने?

चुनावी मैदानमा उत्रदाँ टिम बन्नु स्वभाविक हो, उहाँहरु टिमबाट उठ्नुभएको छ । गुटकै नाममा सम्भावना बोकेका व्यक्तिलाई अगाडि बढ्न रोकिन्छ भने पार्टी पनि कसरी अगाडि बढ्छ ? गुट उपगुटको आधारमा धेरै साथीहरू थिचोमिचोमा पर्नुभएको छ ।

नयाँ साथीहरुले अवसर कहाँ पाएको छ ? पार्टीमा झन्डा मात्रै बोकेर नेता बनाउने होइन, संगठित हुनुप¥यो । पार्टीमा गिरोह र ठेकेदारी प्रथा, व्यक्तिवादी हाबीको अन्त्य हुनुपर्छ । म फरक तरिकाको भिजन बोकेर चुनावी मैदानमा होमिएका कारण पनि मलाई मत हाल्न आवश्यक छ ।

तपाईँ वर्तमान नगर सचिव हुनुहुन्छ, वर्तमान सभापतिले पनि पुनः उमेद्वारी दिनुभएको छ, फेरि तपाईँले नै सभापतिकै उमेद्वर दिनुपर्ने अवस्था कसरी आईप¥यो ?

वर्तमान सभापति हेमकर्ण पौडेल इटहरीको नेता हो । उहाँले दुई कार्यकाल सभापति चलाइसकेपछि पनि उहाँ नगरमा फर्किएर आउनु अस्वभाविक हो । आफूसँगका साथीहरूलाई अवसर दिने हो, उहाँ जत्तिको मानिस माथि जाने भन्ने हाम्रो कुरा थियो, उहाँले उत्पादन गरेको मानिस हौँ हामी । तर, उहाँले नै पुनः सभापतिमा उमेद्वारी दिएपछि यहाँको राजनीति कसरी अगाडि बढ्छ ? उहाँ जत्तिको मानिस माथिका ठाउँमा जानुपथ्र्यो ।

कुरा रह्यो मेरोबारेमा । मैले नगर सचिव पनि चलाइसकेका कारण अब जाने ठाउँ भनेकै सभापति हो । मैले आफ्नो अधिकार सुनिश्चितका लागि पनि सभापतिमा उमेद्वारी दिएको हुँ, हेमकर्ण जी ले अवसर बञ्चित गराउन खोज्नुभयो ।

यहाँलाई जिताएमा देख्न लायक के काम गर्नुहुन्छ ?

विपक्षीसँग लड्न पनि संगठन चाहिन्छ । पहिला संगठन दह्रो बनाउने अभ्यास गर्नेछु । अहिले संगठन कहाँ छ ? कहाँ छ नेपाली कांग्रेस इटहरी ? यहाँ त व्यक्तिवादी हाबी छन् । कार्यकर्ताको नजरमा पनि कांग्रेस कहाँ छ भनेर थाहा छैन ।

आगामी चुनावमा सबै पद कांग्रेसलाई जिताउन र यहाँका सर्वसाधारण मानिसको सुख, दुःखमा साथ दिनका लागि मैले जित्नुपर्छ भन्ने लाग्छ । आउँदा दिनमा विपक्षीसँग समन्वय गरेर अगाडि बढाउने र कार्यकर्ताहरुलाई कांग्रेस पार्टी भनेर गौरवान्वित बनाउने काम गर्छु ।

अन्त्यमा, भन्न मन लागेका केही कुरा ?

अहिले पनि कोरोना भाइरसको महामारी व्याप्त छ । कांग्रेस इटहरी अहिलेसम्म चुप भएर बस्यो । मैले पटक–पटक संगठनमा कुरा उठाउँदा कसैले पनि चासो दिनुभएन । यो समयमा हामीले आम सर्वसाधारणको मन जित्ने गरी विपक्षीमै बसेर पनि सृजनशील काम गर्न सक्थ्यौँ, सक्नुपथ्र्यो ।

हाल विभिन्न सामाजिक संस्था, शिक्षा, स्वास्थ क्षेत्रमा अनुगमन गरेर स्थानीय सरकारलाई झकझक्याउन आवश्यक थियो । तर, अब मेरो नेतृत्वले भने सिर्जनात्मक काम गरेर अगाडि बढाउने विश्वास दिलाउँछु ।

Tags: #इटहरी#कांग्रेस#नेपाली कांग्रेसअन्तर्वार्ताकांग्रेस १४ औं महाधिवेशनप्रकाश बस्नेत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.