इटहरी : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनले सुनसरीमा पनि चुनावी सरगर्मी बढाएको छ । वडा अधिवेशन सकिएसँगै नगरको नेतृत्व चयनमा जुटेका काँग्रेसीहरू आफ्नो समूहभित्रको अंक गणितमा जुटेका छन् ।
आगामी असोज ९ गते सुनसरीका सबै पालिकामा हुन लागेको चुनावमा नेतृत्वका आकांक्षीहरु आन्तरिक प्रतिष्प्रर्धामा उत्रिएका छन् । नगरमा क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने भएपछि नगरको चुनाव समेत अघिल्लो पटक भन्दा यसपटक थप रोचक हुन पुगेको छ ।
इटहरी नगरसभापतिमा वर्तमान सभापति हेमकर्ण पौडेल, विद्यार्थी राजनीतिबाट उदाएका विकास केसी र वर्तमान नगरसचिव प्रकाश बस्नेतले सभापतिमा उम्मेद्दारी दिने बताउँदै चुनावी मैदानमा छन् । हेमकर्ण पौडेल पक्षबाट चुनावी मैदानमा होमिएका छन् भने केसी देउवा पक्षबाट चुनावी मैदानमा छन् । यस्तै, बस्नेत पनि पौडेल पक्ष निकट हुन् ।
उता, धरान नगर सभापतिमा पूर्व सभापति समेत रहेका किशोर राईले पुनः सभापतिका लागि उमेद्दारी दिएका छन् । उनी देउवा निकट हुन् । त्यस्तै, पौडेल पक्षबाट हालका नगर सचिव समेत रहेका श्याम पोखरेल चुनावी मैदानमा छन् ।
उता, इनरुवा नगर सभापतिमा वर्तमान सभापति तथा इनरुवा नगरपालिकाका मेयर राजन मेहेता पुनः सभापति दोहोर्याउने रणनीतिमा छन् । उनीसँगै सितोष पोखरेल, रोशन खड्का र योगेन्द्रप्रसाद मेहेताले सभापतिमा दाबी गरिरहेका छन । इनरुवा नगरको चुनावमा यो पटक थप रोचक हुने कार्यकर्ताहरु बताउँछन् ।
यस्तै, रामधुनी सभापतिमा हालकै सभापति सुदीप अधिकारी पुनः सभापति दोहोर्याउने भएका छन् । उनी पौडेल समूहबाट उठ्न लागेका हुन् । यस्तै, देउवा समूहबाट सभापतिमा सगेन चौधरी र हालका नगर सचिव दिलबहादुर राई सभापतिमा उठ्ने भएका छन् ।
उता, दुहवी नगरसभापतिका लागि हालका मेयर बेदनारायण गच्छदार सभापतिमा उठ्ने भएका छन् । उनी विजय गच्छदार निकट मानिन्छन् । त्यस्तै, गुलाबी मियाँ, सन्तोष रौनियार, रमेश रौनियार पनि सभापतिका लागि तयारी गरेका छन् ।
यस्तै, बराहक्षेत्र नगरसभापतिमा देउवा समूहबाट रमेश कार्की र रत्नबहादुर राउतले दाबी गरेका छन् । पौडेल समूहबाट भने नारायण नेपाल सभापतिमा उठ्ने भएका छन् ।
सुनसरीका धेरैजसो पालिकामा देउवा पक्ष र पौडेल पक्षबीच चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । यस्तै, कांग्रेस सुनसरी जिःलामा भने वर्तमान सचिव केदार भण्डारी र वर्तमान उपसभापति संजय श्रेष्ठबीच प्रतिष्पर्धा हुने देखिएको छ । भण्डारी पौडेल समूहका उम्मेद्दार हुन् भने श्रेष्ठ देउवा समूहका उम्मेद्दार हुन् ।












Discussion about this post