मोरङ : बाटोमा हिँड्दै गर्दा लडेर आइतबार दिउँसो मोरङको रङ्गेलीमा एक वृद्ध पुरुषको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बाटोमा लडेका रङ्गेली नगरपालिका २ का ६५ वर्षीय गुलावचन ऋषिदेवको घटनास्थलमै मृत्यु भएको हो ।
घरबाट पाँच सय मिटर टाढाको बाटोमा हिँड्दै गर्दा दिउँसो साढे १ बजेतिर लडेका ऋषिदेव मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
तत्काल घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले घटनाको अनुसन्धान थालेको श्रेष्ठको भनाइ छ ।














Discussion about this post