Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २४, २०८३
in टाकुरा विशेष, समाचार
0
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश
274
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन झापा जिल्ला अदालतले आदेश दिएको छ।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कमल मिश्र र तेजप्रसाद सुवेदीसमेतको जाहेरीका आधारमा प्रतिवादीहरू रञ्जित कुमार झा र शेरबहादुर खड्का विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।

अदालतका अनुसार इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा बसोबास गर्दै आएका झापाको साविक कुमरखोद गाविस–९ निवासी ४३ वर्षीय झा र तेह्रथुमको साविक जलजले गाविस–४ निवासी हाल मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बस्ने ३५ वर्षीय खड्का अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो।

झा विरुद्ध ७ दिनको पक्राउ पुर्जी जारी गरिएको छ भने तोकिएको अवधिभित्र उपस्थित नभए ३५ दिनको थप पक्राउ पुर्जी तामेल गरी खोजतलास तीव्र बनाउन अदालतले निर्देशन दिएको छ। खड्काका नाममा भने ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।

झापा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय दमकलाई पत्राचार गर्दै दुवै प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेर अदालतमा उपस्थित गराउन निर्देशन दिएको छ। अदालतले तोकिएको अवधिभित्र उपस्थित नभए थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

मुद्दा सम्बन्धी घटनामा इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत प्रेमप्रसाद मिश्रले १७ कात्तिक २०८२ मा झापाको गौरादह नगरपालिकास्थित आफ्नै कोठामा आत्महत्या गरेको बताइएको छ।

आत्महत्याअघि लेखिएको सुसाइड नोटमा सोही संस्थाका तत्कालीन मार्केटिङ म्यानेजर रञ्जित कुमार झा र बजार प्रतिनिधि शेरबहादुर खड्काका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको प्रहरीले जनाएको छ।

मिश्रले संस्थाकै दुई जना कर्मचारीको नाम उल्लेख गरी आत्महत्या गरेपनि उक्त घटनालाई सामसुम पार्ने प्रयास गरिएको थियो। संस्थाका अध्यक्ष यादप ढकालले मिश्रको काममा असन्तुष्टि जनाउँदै केही स्पष्टीकरण सोधेका थिए।

संस्थाबाट पटकपटक दबाब दिइएको र मानसिक यातना दिइएकाले मिश्रले आत्महत्या गरेको पीडित परिवारले दाबी गर्दै आएका छन्।

यो पनि – कामधेनुका अध्यक्षलाई झट्का, निष्कासित दुई सदस्यको सदस्यता कायम गर्न रजिस्ट्रार कार्यालयको निर्देशन

यो पनि – कामधेनु सहकारीले रजिस्ट्रार कार्यालयलाई बुझायो जवाफ, प्रक्रिया नपुगे कारबाही हुने संकेत

यो पनि – कामधेनु सहकारीको विवाद उत्कर्षमा, सेयर सदस्य निष्कासनपछि रजिष्ट्रार कार्यालयले माग्यो जवाफ

यो पनि – कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !

यो पनि – कामधेनु सहकारीमा ‘सुसाइड नोट’ प्रकरण : घटना सामसुम पार्न पूर्व अध्यक्षसहित तीन जनामाथि कारबाही

Tags: अदालतआत्महत्या दुरुत्साहनकामधेनुटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई
खेलकुद

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

ग्रामथान : मोरङको ग्रामथान–६ स्थित भरचोलगढीमा सम्पन्न तेस्रो मन्जिल स्मृति रानीगढी रनिङ कप फुटबल प्रतियोगिताको उपाधि आयोजक मन्जिल रानीगढी क्लबले जितेको...

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड
FEATURE BREAKING

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूले...

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३
तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

तस्बिरमा ओखलढुङ्गाको रामपुरटार

अशोज २७, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.