इटहरी : नेपाली कांग्रेस इटहरीको मतदान सकिएको छ ।
सहायक निर्वाचन अधिकृत रोबनराज कार्कीका अनुसार आज (शनिबार) इटहरी उपमहानगरपालिका कांग्रेसको नेतृत्व लिनका लागि भएको निर्वाचन अहिले साँझ सकिएको हो ।
उनका अनुसार ४८३ मतमध्ये ४८२ मत खसेको छ । इटहरी २ का सुक्कु चौधरी बाहेक अन्य सबैजना मतदानमा सहभागी भएको कार्कीले बताए ।
सभापतिका उमेदवारद्वय विकास केसी र हेमकर्ण पौडेल लगायत सँगको छलफलपछि मतगणना सुरु हुने उनले जानकारी दिए ।














Discussion about this post