Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कांग्रेस इटहरीमा एकताको सन्देश, अहंकार र घमण्ड त्याग्न आवश्यक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०७८
in टाकुरा विशेष, समाचार
0
कांग्रेस इटहरीमा एकताको सन्देश, अहंकार र घमण्ड त्याग्न आवश्यक

सोमबार नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेविसंघ सभापति राजीव ढुंगाना, सभापति हेमकर्ण पौडेल र प्रत्यासी विकास केसी ।

878
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस इटहरीले एकताको सन्देश दिएको छ । सोमबार (आज) नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेसले एकताको सन्देश दिएको हो ।

कांग्रेस इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित सभापति हेमकर्ण पौडेलले आफू गुटभन्दा माथि रहेर पार्टीलाई एक बनाउने सन्देश दिए ।

उनले भने, ‘हिजो चुनावको दिनमा जे भएपनि हामी एक हुनुपर्छ, पार्टी भन्दा माथि कोही पनि हुँदैन ।’ उनले कार्यकर्ताहरू एकआपसमा मनमुटाव नगरी मिलेर अगाडि बढ्नुपर्ने बताए । आगामी स्थानीय तहको निर्वाचनमा इटहरीमा कांग्रेसलाई विजयी बनाउनका लागि पार्टीका सबै मानिसहरू एक हुनुको विकल्प नरहेको उनको भनाई छ ।

‘सबै साथीहरूले अहंकार र घमण्ड त्याग्न आवश्यक छ, सबैले हातेमालो गरेर इटहरीको भविष्य निर्धारण गर्न जरूरी छ,’ उनले भने, ‘हामीले कम्युनिष्टको चुनौतीलाई जित्नका लागि पनि एक हुन आवश्यक छ ।’

कार्यक्रममा सभापतिका प्रत्यासी विकास केसीले कुनै एक व्यक्तिले सभापतिमा जितेपनि समग्र कांग्रेसको जीत भएको सन्देश दिए । ‘हाम्रो उदेश्य भनेको अब स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउनु हो,’ केसीले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘अबको नेतृत्वले गुट भन्दा माथि रहेर पार्टी एकीकृत बनाउन आवश्यक छ, इटहरीमा पार्टी अफिसको पनि खाँचो छ ।’

उनले आफू चुनावमा पराजित भएपनि जितेकै सो सरह पार्टीका निम्ति निरन्तर खट्ने प्रतिबद्वता व्यक्त गरे । उनले भने, ‘पार्टी अफिस बनाउने कुरादेखि सबै क्षेत्रमा मेरो साथ रहन्छ, पार्टी एकढिक्का बनाउने कुरामा हामी प्रतिबद्व छौँ ।’

‘सबै साथीहरूले अहंकार र घमण्ड त्याग्न आवश्यक छ, सबैले हातेमालो गरेर इटहरीको भविष्य निर्धारण गर्न जरूरी छ,’ उनले भने, ‘हामीले कम्युनिष्टको चुनौतीलाई जित्नका लागि पनि एक हुन आवश्यक छ ।’

नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले चुनाव लोकतान्त्रिक प्रक्रिया भएकाले जीत हारभन्दा पनि सबै एक हुनुपर्ने बताए । उनले आगामी निर्वाचनमा देशभर नै कांग्रेस एक भएर एकताको सन्देश दिन आवश्यक रहेको उदृत गरे ।

कांग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठले इटहरीमा नयाँ नेतृत्वले रचनात्मक काम गर्न आवश्यक रहेको बताए । उनले कांग्रेसीहरूले एकअर्कामा प्रतिशोधको भावना राखेर भन्दा पनि एकताको सन्देश दिनुपर्नेमा जोड दिए ।

असोज ९ गते शनिबार भएको निर्वाचनमा इटहरी कांग्रेसमा पुनः हेमकर्ण पौडेल विजयी भएका छन् । उनीसँगै उपसभापतिमा कोविदजंग कार्की, बालकृष्ण विष्ट, सचिवमा विक्रम घिमिरे, मन्दिप भट्टराई, सहसचिवमा मेनुका गिरी र ईश्वर तामाङ निर्वाचित भएका थिए ।

नवनिर्वाचितहरूलाई निर्वाचन अधिकृत सृर्जना नेपालले प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#कांग्रेस#नेपाली कांग्रेसकांग्रेस १४ औं महाधिवेशनटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले ३.०३ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा प्रहरी चौकी नरसिंहटप्पु...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस
पर्यावरण

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

by रासस
जेष्ठ २०, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ । वातावरण संरक्षण, जैविक विविधताको...

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा १० महिनामा बालविवाहसम्बन्धी ३८ सूचना दर्ता : सबैभन्दा धेरै मोरङमा, सुनसरीमा कति ?

जेष्ठ २०, २०८३
विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

जेष्ठ २०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.