इटहरी : कोशीटप्पु वन्यजन्तु आरक्ष नजिकै मुकुना हात्ती मृत फेला परेको छ ।
आइतबार बिहान मुकुना हात्ती मृत फेला परेको हो । कोशीटप्पुका वार्डेन अशोक रामका अनुसार हात्ती मृत भेटिएकोबारे कारण खुल्न बाँकी छ ।
घटनास्थलमा अहिले आरक्ष प्रशासन र नेपाली सेनाको टोली पुगेको छ।
यसअघि उक्त हात्तीले धेरै मानिसहरूको ज्यान लिएको भन्दै सुनसरी प्रशासनले हात्ती मार्ने योजना अगाडी ल्याएको थियो। तर, सर्वत्र आलोचना भएपछि प्रशासन ब्याक भएको थियो ।













Discussion about this post