इटहरी : सुनसरीको रामधुनी नगरपालिका ६ मा रहेको बहत्तर बिगाहको राष्ट्रिय वन क्षेत्रबाट काँचो सखुवाको काठ तस्करी गर्नेलाई शशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।
लकडाउनको मौका छोपी एक ट्याक्टर सखुवाको काठ तस्करी गरेको सूचना पाएपछि तीनजनालाई शशस्त्र प्रहरीले पक्राउ गरेको हो । सोमबार राती सखुवा एक ट्याक्टर गोलिया तस्करी गरिरहेको अवस्थामा स्थानीय ३ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी वल नेपालको ४ नं. गण हेडक्वार्टरका गणपति एवं एसपी कृष्ण ढकालले जानकारी दिए । उनको कमाण्डमा गएको टोलीले उनीहरुलाई काठ तस्करी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
सशस्त्रको टोलीले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई एक ट्याक्टर गोलिया काठसहित पक्राउ गरेको ढकालले बताए ।
पक्राउ परेकाहरुको साथबाट स १ प ७४९८ नम्बरको मोटरसाइकल र ४ सेट मोवाइल पनि वरामद भएको बताईएको छ । त्यस्तै, को २ त ९९९० नम्बरको ट्याक्टर, वरामद भएको काठ र पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय इनरुवामा आवश्यक कारबाहीको लागि पठाइएको ढकालले जानकारी दिए ।
केही समययता सुनसरीमा लकडाउनको मौका छोपी बन फडानी गर्नेहरु पनि सक्रिय भएकाले शशस्त्र प्रहरीले जनपथ प्रहरी तथा स्थानीयहरुसँगको सहकार्यमा अनुगमनलाई तीब्रता दिएको छ ।
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै, पैदलमार्ग बनाउने योजना
भोजपुर : सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा...













Discussion about this post