इटहरी : मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले गोली चलाएर बैंक लुट्ने प्रयास गरेका छन् ।
आज (सोमबार) दिउँसो कर्सियास्थित सिटिजन्स बैंकको शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post