इटहरी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चहल पहल बढेपछि अन्य पार्टीका स्थानीय नेता कार्यकर्ता पनि कांग्रेसतर्फ आकर्षित हुन थालेका छन् ।
आम निर्वाचनको झल्को दिनगरी भएको कांग्रेसको महाधिवेशनमा अन्य पार्टीका नेता, कार्यकर्तालाई पनि आकर्षित गरेको हो । यसैबीच इटहरी ८ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले, माओबादी केन्द्र लगायत विभिन्न पार्टीका करीब एकसय स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
एमालेको युवा संगठन राष्ट्रिय युवा संघका इटहरी नगर सदस्य, एमालेको ८ नं वडा कमिटीका सहसचिवसहित माओबादी केन्द्र, जसपा लगायतका पार्टीबाट ९७ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको वडासभापति रोहित चौधरीले बताए ।
चौधरीका अनुसार वडा नं ८ का सरोज काफ्ले, टेकबहादुर बस्नेत, देवराज कार्की, हरिकुमार श्रेष्ठ, सुन्धन चौधरी, होमराज बुढाथोकी, प्रेम राई लगायतका नेता कार्यकर्तालाई कांग्रेस उपसभापति विजयकुमार गच्छदारले स्वागत गरेका थिए ।
गच्छदारसहित केन्द्रीय सदस्य कल्पना चौधरी, सुनसरी जिल्ला सभापति राजीव कोइराला लगायतले पार्टीमा स्वागत गरेका छन् ।












Discussion about this post