इटहरी : इटहरीमा एउटा ट्रकले कार र सिटी सफारीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति ९ः२० बजे इटहरी ५ स्थित पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख २९२४ नम्बरको ट्रकले कार र सफारीलाई ठक्कर दिँदा एकको मृत्यु भएको हो ।
ट्रकले विपरीत दिशाबाट आउदै गरेको प्र १–०२–२२३ ह १४३६ नं को सिटी सफारलाई ठक्कर दिई भाग्ने क्रममा इटहरी १६ बालग्राममा प्र ३–०१–०२४ च ९७२२ नं. को कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सफारीमा सवार इहटरी ५ बस्ने २३ वर्षीय ईश्वर राउत रहेका छन् । ट्रकको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा विराट नर्सिङ होममा राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा कारमा पनि ठक्कर दिएको प्रहरीले जनाएको छ । कारमा सवार सुनसरी रामधुनी ३ बस्ने वर्ष ३० को दीलिप कुमार चौधरी गम्भीर घाइते भएका छन् ।
यस्तै, कार चालक सोही ठाउँ बस्ने वर्ष ३० सन्दीप राउत, वर्ष ३५ को नगेन्द्र गुरुङ, रामधुनी ५ बस्ने वर्ष २४ को सौगत अधिकारी, वर्ष ३५ को सुमन मगर घाइते भएका छन् ।
उनीहरूको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सिटी सफारी चालक झापा दमक ७ बस्ने वर्ष ३४ को हेमन्त बिकको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तीनवटै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post