सङ्खुवासभा : सङ्खुवासभाको धर्मदेवी नगरपालिका १ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका १ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिएका छन् ।
आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताएका छन् ।
ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो। दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।














Discussion about this post