तेह्रथुम : तेह्रथुमको छथर गाऊँपालिका ३ ज्यामिरे का ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनको श्रीमती ५२ वर्षीया भक्त कुमारी लिम्बु बीच मादक पदार्थ सेवन गरी झै झगडा हुँदा गोबिन्द बहादुरको ज्यान गएको छ भने भक्त कुमारीको उपचार भईरहेको छ ।
हिजो बेलुका उनिहरु आफ्नै घरमा मादक पदार्थ सेवन गरी झै झगडा तथा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागि गम्भिर घाईते भएका थिए ।
दुवै घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाईएकोमा राती नै गोबिन्दको उपचारको क्रममा मृत्यु भएको थियो भने भक्त कुमारीलाई थप उपचारको लागी बी पि क्याम्प धरान घोपा पठाईएको थियो ।
घटना बारेमा इलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post