इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्र भएको मृत्युको घटनाबारे गृह मन्त्रालयले छानबिन गर्ने भएको छ ।
मृत्यु प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्य तथ्य छानबिन गरी सुझाव पेस गर्ने गरी उक्त समिति गठन गरिएको हो ।
गत २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवा भोक्राहा–नरसिंह गाउँपालिका ५ का २मोहम्मद हकिम साहको मृत्यु भएको थियो । प्रहरीेले भने पासो लगाएर आत्महत्या गरेको दाबी गर्दै आएको छ ।
तर, मृतकका आफन्तले प्रहरीको विरुद्दमा आन्दोलन गरेपछि जिल्ला प्रशासन, जनप्रतिनिधि लगायतको सहमतिमा आन्दोलन रोकिएको थियो ।
साहको मृत्यु पश्चात् आफन्त र प्रहरीबीच झडप हुँदा दुवै पक्ष घाइते समेत भएका थिए । मृतकको शव दाहसंस्कार गरिसकेको छ ।














Discussion about this post