संखुवासभा : संखुवासभाको चिचिला गाँउपालिका ३ केराबारीस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको डब्लु बी ११ टिसी ०२९६ नम्बरको मिल्लर गाडी पल्टँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक भारत बिहारका ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपीका ४० वर्षीय श्रीनिवास सिंह रहेका छन् ।
गिटी सिमेन्ट घोली पुर्याएर फर्कने क्रममा आफैँ अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यस्तै, संखुवासभाको मादी नगरपालिका १ तिनजुरेस्थित भित्री कच्चि सडक खण्डमा ट्याक्टर भीरबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको लालीगुँरास नगरपालिका १ का ३७ वर्षीय रमेश दाहाल रहेका छन् ।
टुटेबाट गुफातर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post