तरहरा : तरहराबाट बाढीमा बगेका पुरुष मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मंगलबार दिउँसो तरहराको पानीपियादेखि बाढीमा बगेका इटहरी २ शान्तिनगरका ३१ वर्षीय सन्तोष तिवारी (योगेन्द्र) मृत फेला परेका हुन् ।
तिवारीलाई बिहीबार (आज) बिहान इटहरी १ आँपगाछी नजिकै नालामा मृत फेला पारिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुधबार दिनभर उनको खोजी गरिएपनि फेला पार्न सकिएको थिएन ।
मंगलबार दिउँसो तरहराबाट घर जाने क्रममा उनलाई बाढीले बगाएको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।














Discussion about this post