इटहरी : इटहरी २ पानीपियाबाट बाढीमा बगेर मृत भेटिएका सन्तोष तिवारी (योगेन्द्र) को अन्त्यष्टि गरिएको छ ।
निरन्तरको वर्षाका कारण आएको बाढीले गत मंगलबार दिउँसो पानीपियाबाट ३१ वर्षीय तिवारीलाई मोटरसाइकलसहित बगाएको थियो । बुधबार दिनभर खोजी गरिएपनि शव भेटिएको थिएन ।
तर, बिहीबार (आज) बिहान इटहरी १ आँपगाछी स्थित नालामा स्थानीयले मृत फेला पारेका थिए । मृत फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो ।
कानूनी प्रक्रिया पूरा गरेर इटहरी प्रहरीले शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । शव पोष्टमार्टम भएपछि आजै साँझ तिवारीको अन्त्यष्टि गरिएको हो ।
इटहरी ३ स्थित बूढीखोलामा उनको अन्त्यष्टि गरिएको स्थानीयले जानकारी दिएका छन् । इटहरी २ घर भएका उनी तरहरामा प्लाष्टिक पसल सञ्चालन गर्दै आएका थिए ।
उनको मोटरसाइकल भने अझै फेला परेको छैन ।














Discussion about this post