बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित भित्री सडक खण्डमा अनटेस्ट कार आफैँ अनियन्त्रित भई पल्टँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहाल रहेका छन् ।
कालाबञ्जरदेखि चक्रघट्टीतर्फ जाँदै गरेको कार आफैँ अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दाहालको तत्काल स्थानीय नगर अस्पताल चक्रघट्टीमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post