इटहरी (डेस्क) : सङ्खुवासभाको मकालु वेश क्याम्प घुम्न गएका इलामको श्रीअन्तुका एक पुरुषको मृत्यु भएको छ । मकालु गाउँपालिका २ याङ्लेखर्कमा इलामको सूर्योदय नगरपालिका ४ श्रीअन्तुका धरणीधर घिमिरेको मृत्यु भएको हो ।
मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । घिमिरे श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायी समेत हुन् । याङ्लेखर्कमा पुगेपछि घिमिरेलाई स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत असोज २८ मा मृतक घिमिरेसहित उनका जेठा दाजु एकराज, माइला दाजु रुद्र, छिमेकी मिलन ढकाल, मारेङको विराटनगर महानगरपालिका ४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र सङ्खुवासभाको चैनपुर नगरपालिका ६ का श्याम राउत घुम्न गएका थिए ।














Discussion about this post