विराटनगर : विराटनगरको कञ्चनबारी चोक नजिकै तीनवटा सवारी एकैठाउँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आज (बुधबार) बेलुका ट्रक, कार र सरकारी गाडी एकैठाउँ दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर महानगरपालिका ३ का ६० वर्षीय रमेश पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक, प्रदेश ३–००१–०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी एकैठाउँ दुर्घटना भएको हो । घटना के कारणले भएको भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते ६ मध्ये तीन जनाको नोबेल मेडिकल कलेज र ३ जनाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post