धरान : विश्वभरि फैलिएको कारोनाको संक्रमण नेपालमा समेत धमाधम हुन थालेपछि समाचार सम्प्रेणका लागि फिल्डमा खटिन सञ्चारकर्मीहरुलाई सहज होस भन्ने उद्देश्यले प्रेस लेखेको ज्याकेट प्रदान गरिएको छ ।
पत्रकार महासंघ सुनसरीले नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिति, सुनसरी उद्योग वाणिज्य संघ, झरना वचत तथा ऋण सहकारी संस्था, चिरञ्जिवी वचत तथा ऋण सहकारी संस्था लि.को सहयोगमा धरानका हाल ५० जना सञ्चारकर्मीलाई ज्याकेट उपलब्ध गराएको छ महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले बताए ।
सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठका नुसार उवासंघको सहकार्यमा धरानमा रहेर विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीलाई महासंघको अगुवाईमा वितरण गरिएको हो।
उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
उदयपुर : सगरमाथा राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।...











Discussion about this post