मोरङ : मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारे चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही स्थानका ७२ वर्षीय नगेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् ।
आज (बिहीबार) दिउँसो साढे १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७८२८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाटआउँदै गरेको प्रदेश १–०२–०४१ प ४४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र बस चालक उर्लाबारी नगरपालिका २ का ३७ वर्षीय रुद्र थापा इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।














Discussion about this post