इटहरी : इटहरी १८ नमुना टोलस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३२ प ८४०८ नम्बरकोे मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुदा एक युवक गम्भीर घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गम्भीर घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय राकेश चौधरी रहेका छन् । मादक पदार्थ सेवन गरेर मोटरसाइकल तीव्र गतिमा चलाउने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
दुर्घटनामा उनको टाउको, हात, खुट्टामा चोट लागेको छ भने उनको उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पनि नरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिका १७ भाटभटेनी अगाडि पूर्व–पश्चिम राजमार्गमा रोकिरहेको को को १ ज ३०३९ नं. को म्याजिक भ्यानमा पश्चिमबाट पूवतर्फ आउँदै गरेको को २७ प ७१४७ नं. को स्कुटरले ठक्कर दिँदा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार स्कुटर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय गोपाल शर्मा र स्कुटरमा पछाडि सवार ६० वर्षीय कृष्ण प्रसाद बिमली घाइते भएका छन् ।
उनीहरूको टाउकोमा चोट र दुवै हात भाँचिएकाले उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको अुनसन्धानबाट खुलेको छ ।
म्याजिक चालक इटहरी १६ बस्ने ३४ वर्षीय दीपक चौधरी तथा म्याजिक र स्कुटर इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेकको प्रहरीले जनाएको छ ।














Discussion about this post