ओखलढुङगा : ओखलढुङगाको मोलुङ गाऊपालिका ७ पात्ले खानिचौर २२ वर्षीय निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ ।
हिजो दिउसो घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेकोमा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी श्रीचौर र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट गएको सयुक्त प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post