सुनसरी : सुनसरीको कोशी गाऊँपालिका २ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ वर्षीया बालिकाको मृत्यु भएको छ ।
आज बिहानको समयमा लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका ७ की १६ वर्षीया बर्षा साह र उनिसंगै रहेकी २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए ।
घाईते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो भने घाईतेलाई थप उपचारको लागि बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post