विराटनगर : विराटनगरबाट सवा एक लाखसहित ६ जुवाडे पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगर महानगरपालिका १६ भट्टीमोडबाट एक लाख २५ हजार पाँच सय रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो ।
स्थानीय लक्ष्मी लामाको घरमा तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा विराटनगर १५ का ४३ वर्षीय वसन्त राई र २७ वर्षीय महादेव श्रेष्ठ, विराटनगर १६ का ४८ वर्षीय पर्वत डङ्गोल र ४८ वर्षीय उमेश दाहाल, विराटनगर १४ का ३९ वर्षीय अनिल विक र विराटनगर १३ का ५७ वर्षीय श्याम लामा रहेका छन् ।
पक्राउ परेका उनीहरूलाई जुवा ऐन २०२० कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post