धनकुटा : धनकुटाको पाख्रीबास नगरपालिका ८ लुम्बुवा टोल स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अुनसार मृत्यु हुनेमा पाख्रीबास नगरपालिका ७ थाक्ले बस्ने २१ वर्षीय टंकबहादुर तामाङ रहेका छन् ।
पाख्रीबासबाट घामेतर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको खाली ट्रयाक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाकटरको इन्जिनको भागले च्यापेर चालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post