इटहरी : उदयपुर र मोरङबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १० का ३५ वर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका १२ का २१ वर्षीय बिष्णु साह र सुनसरी दुहबी नगरपालिका ३ का २३ वर्षीय शिवा चौधरी रहेका छन् ।
हिजो दिउसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बैकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २२५ ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरेको हो भने हिजै बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ २ नम्बर ढाटबाट चौधरीलाई डाईलेक्स डिसी ३ बोतल र नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post