इटहरी : कार्तिक शुक्ल एकादशीको दिन आज (सोमबार) हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । तुलसीको पूजा–आराधना गरी यो पर्व मनाउने प्रचलन छ ।
आजको दिनलाई हरिबोधिनी, ठूली एकादशी वा प्रबोधिनी एकादशी मानिन्छ ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि मानिन्छ । यसको रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले नटोक्ने र तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि नआउने भनाइ गाउँघरमा सुनिन्छ ।
तुलसीबाट बनेको चिया मानवशरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।
हरिशयनी एकादशीका दिन रोपिएको तुलसीलाई सजाएर आज विवाह गरिदिने चलन छ । कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै बसोबास गर्छन् भन्ने विश्वास भक्तजनमा छ ।














Discussion about this post