ओखलढुङगा : ओखलढुङगाको सुनकोशी गाउँपालिका ९ बुलडाँडामा आज बिहान भएको बोलेरो दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ, भने १२ जना घाईते भएका छन् ।
आज बिहान ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी सिद्धिचरण नगरपालिका १० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ वर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
दुर्घटनामा परेर घाईते भएका मध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको र अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post