मोरङ : मोरङको पथरीमा बसको ठक्करबाट आज (मंगलबार) बिहान एक जना बालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अुनसार काठमाडौंबाट यात्रु लिएर झापाको काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २०० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका २ मा दुर्घटना गराएको हो ।
बसको ठक्करबाट बेलबारी नगरपालिका ४ घर भएका ७ वर्षीय विवश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक पार गर्दै गरेको अवस्थामा बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस र चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका ६ का ३४ वर्षीय शम्भु थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।














Discussion about this post